खाेज्नुहाेस

गोदावरीमा भन्सार छलीका जाडोमा लगाउने लुगा बेवारिसे फेला

Image

अत्तरिया- गोदावरीमा प्रहरीले भन्सार छलीको जाडोमा लगाउने लुगा बेवारिसे अवस्थामा फेला पारेको छ । आइतबार बिहान गोदावरी नगरपालिका-४ स्थित सडकखण्डमा बेवारिसे अवस्थामा जाडोमा लगाउने लुगाहरु (टोपी, पन्जा, गलबन्दी, लेडिज सलहरु, मखलर र थान कपडा) बेवारिसे अवस्थामा फेला पारेको हो ।

navjiwan hospital

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाको कमाण्डमा खटिएको टोलीले एक लाख ४८ हजार ८८० को उक्त कपडाहरु बेवारिसे अवस्थामा भन्सार छलीको सामान फेला पारी बरामद पारेको जनाएको छ ।

attariya hospital

बरामद सामान भन्सार कार्यालय कैलाली बुझाइएको मालाखेती प्रहरीले जनाएको छ ।