बैतडी – डोरी घाटीमा कसिएर बैतडीमा एक १४ वर्षीय बालकको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका–९ ग्वालेकका खेमराज जोशीका छोरा सन्दीप जोशीको घाटीमा डोरी कसिएर मृत्यु भएको हो ।

घर नजिकै साथीहरुसँग डोरी खेल्ने क्रममा डोरी घाँटीमा अल्झिदा घाटी कसिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता बलराम पाण्डेले बताएका छन् ।

उनको जिल्ला अस्पताल बैतडीमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता पाण्डेले बताएका हुन् ।













