अत्तरिया- कैलालीको एक गोठमा आगलागी भएको छ । बिहीबार बेलुका घोडाघोडी नगरपालिका-२ थुम्कीका बलबहादुर भण्डारीको गोठमा आगलागी भएको हो ।

आगलागीबाट गोठभित्र रहेका काठ, पराल लगायतका सामानहरु गरी अन्दाजी १ लाख मूल्यको धनमाल जलेर नष्ट भएको प्रहरीले बताएको छ । प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार मानवीय तथा चौपाया क्षति भने भएको छैन ।

आगलागी स्थानीय, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो । घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
















