काठमाडौं – चालू आर्थिक वर्षको चार महिनामा नेपाल प्रहरीका ५ सय ९ जना प्रहरी कर्मचारीले जागिर छाडेका छन् ।

प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्व अधिकारीले २०८१ साउनदेखि कात्तिक मसान्तसम्म ५०९ जना प्रहरी कर्मचारीले राजीनामा दिएको बताएका हुन ।

यो अवधिमा देशभर १९ हजार ४९८ आपराधिक घटना प्रहरीमा दर्ता भएका छन् । तीमध्ये बैंकिङ कसुर, आर्थिक कारोबार र ठगीका घटना सबैभन्दा बढी छन् ।

















