काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायरमा कर्णाली याक्सविरुद्ध जनकपुर बोल्ट्सले पहिले फिल्डिङ गर्ने भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलका निम्ति भएको टस जितेर जनकपुरका कप्तान आसिफ शेखले फिल्डिङको निर्णय लिँदै कर्णालीलाई ब्याटिङमा निम्त्याएका हुन् ।
आजको खेलमा जित निकाल्ने टिमले उपाधिका निम्ति आउँदो शनिबार सुदूरपश्चिम रोयल्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।




















