खाेज्नुहाेस

कर्णाली नदी विवाद समाधानका लागि सुदूरपश्चिम र लुम्बिनीको संयुक्त कार्यदल गठन

Image

धनगढी – कर्णाली नदीको स्रोत उपभोग तथा संरक्षणसम्बन्धी विवाद समाधान गर्न सुदूरपश्चिम र लुम्बिनी प्रदेशले संयुक्त कार्यदल गठन गरेका छन्।

navjiwan hospital

दुबै प्रदेशका मुख्यमन्त्रीबीच बुधवार संयुक्त संवादपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिवको संयोजकत्वमा कार्यदल गठन गरिएको हो। यसमा सुदूरपश्चिम प्रदेशका सचिव, वन मन्त्रालय, स्थानीय तह, निकुञ्ज र नापी कार्यालयका प्रतिनिधि सदस्य रहनेछन्।

attariya hospital

कार्यदलले कर्णाली नदीमा देखिएका समस्या समाधान गर्न तीन तहका सरकारसँग समन्वय गरी प्राथमिकता निर्धारणसहित सुझाव पेश गर्नेछ।