काठमाण्डौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्सलाई ८ विकेटले पराजित गरेर फाइनलमा प्रवेश गरेको छ ।
जितका लागि १४० रनको लक्ष्य पाएको सुदूरपश्चिमले १८.३ ओवरमा २ विकेट गुमाउँदै लक्ष्य भेटायो । जित सँगै सुदूरपश्चिम एनपीएलको फाइनलमा प्रवेश गरेको छ भने जनकपुर क्यालिफायरमा कर्णाली याक सँग भिड्ने छ ।
पहिले ब्याटिङ गरेको जनकपुरले ९ विकेटको क्षतीमा १३९ रन बनाएको थियो ।



जनकपुरका लागि जिमी नीशमले २३ बल खेल्दै ३ चौका र ३ छक्का मद्दतमा सर्वाधिक ४५ रन बनाए । शुभ कंसाकारले २४ बलमा २६ रन जोडे । अन्य खेलाडीले उल्लेख्य योगदान गर्न सकेनन् ।
बलिङमा सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले ३ तथा सैफ अली जैबले २ विकेट लिए । स्कट कुगेलेइन र अविनाश बोहराले समान १ विकेट लिए ।
१४० रनको लक्ष्यका साथ मैदानमा उत्रिएको सुदूरपश्चिमका लागि बिनोद भण्डारीले अविजित ५८ रनको योगदान गरे । कप्तान दीपेन्द्र सिंह ऐरील अविजित २० रन बनाए । यस्तै सेफ अली जेबले ३२ र ब्रान्डन म्याकमलेनले २५ रन बनाए । जनकपुरका ललित राजवंशी र किशोर महतोले १–१ विकेट लिए ।
