खाेज्नुहाेस

सुदूरपश्चिमले पायो १४० रनको टार्गेट

Image

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स जितका लागि १४० रनका टार्गेट पाएको छ ।

पहिलो व्याटिङ गरेको जनकपुर बोल्ट्स ९ विकेटको क्षतीमा १३९ रन बनाएको छ ।

add everest academy
attariya hospital
navjiwan hospital

जनकपुरका लागि जिमी नीशमले २३ बल खेल्दै ३ चौका र ३ छक्का मद्दतमा सर्वाधिक ४५ रन बनाए । शुभ कंसाकारले २४ बलमा २६ रन जोडे । अन्य खेलाडीले उल्लेख्य योगदान गर्न सकेनन् ।

बलिङमा सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले ३ तथा सैफ अली जैबले २ विकेट लिए । स्कट कुगेलेइन र अविनाश बोहराले समान १ विकेट लिए ।

यस खेलको विजेता एनपीएलको फाइनल पुग्ने पहिलो टोली बन्नेछ । पराजित टोलीले दोस्रो क्वालिफायर टु खेल्ने मौका पाउनेछ । एलिमिनेटरमा आजै चितवन राइनोजलाई हराएर कर्णाली याक्स दोस्रो क्वालिफायरमा प्रवेश गरिसकेको छ ।

attariya technical collage