खाेज्नुहाेस

चितवनलाई हराउँदै कर्णाली क्वालिफायर

Image

काठमाण्डौं – नेपाल प्रिमियर लिग (एनपिएल) को इलिमिनेटरको खेलमा चितवन राइनोजलाई २१ रनले पराजित गर्दै कर्णाली याक्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ।

चितवन भने बाहिरिएको छ। अब फाइनल प्रवेशका लागि कर्णालीले बिहीबार प्रतिस्पर्धा गर्नेछ।

add everest academy
attariya hospital
navjiwan hospital

कर्णालीले दोस्रो क्वालिफायरमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीचको खेलमा पराजित हुने टोलीसँग प्रतिस्पर्धा गर्नेछ। आजै जनकपुर र सुदूरपश्चिमबीच पहिलो क्वालिफायर हुँदैछ। यो खेलको विजेता टोली फाइनल पुग्नेछ।

बुधबार कर्णालीले दिएको १७६ रनको लक्ष्य पछ्याएको चितवनले २० ‌ओभरमा ९ विकेटको क्षतिमा १५४ रन मात्र जोड्न सक्यो।

चितवनका लागि रवी बोपाराले अर्धशतक प्रहार गरे पनि त्यो जितका लागि पर्याप्त हुन सकेन।

attariya technical collage