काठमाडौँ- जयकिसन कोल्सावाला र विलियम बोसिस्टोले अर्धशतक प्रहार गरेपछि नेपाल प्रिमियर लिग (एनपीएल)को एलिमिनेटरमा कर्णाली याक्सले चितवन राइनोजलाई १७६ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले ६ विकेट गुमाएर १७५ रन बनाएको हो ।

एनपीएलमा पहिलो खेल खेलेका कोल्सावालाले ३९ बल खेल्दै ६ चौका र २ छक्का मद्दतमा सर्वाधिक ५३ रन बनाए । बोसिस्टोले ३९ बल नै खेल्दै ३ चौका र २ छक्का मद्दतमा ५२ रन बनाए ।
यो खेलमा विजयी हुने टोलीले फाइनल पुग्न आजै हुने अर्को क्वालिफायरको पराजित टोलीसँग खेल्नेछ । पहिलो क्वालिफायरमा दिउँसो १ बजे जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् ।



















