खाेज्नुहाेस

भिनिसियस र आइतानालाई फिफा वेस्ट अवार्ड

Image

एजेन्सी- फिफा द वेस्ट अवार्ड यो वर्ष भिनिसियस जुनियर र आइताना बोनमतीले जितेका छन् । कतारमा गएराति भएको समारोहमा विश्व फुटबल महासङ्घ (फिफा)ले प्रदान गर्ने वेस्ट अर्वाड भिनिसियस र आइतानाले प्राप्त गरेका हुन् ।

ब्राजिल तथा स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियसलाई पुरुषतर्फ र स्पेन तथा बार्सिलोनाकी बोनमतीलाई महिलातर्फ उत्कृष्ट वर्ष फुटबलर-२०२४ घोषित भएका हुन् । मिडफिल्डर बोनमतीले लगातार दोस्रो वर्ष फिफा द वेस्ट महिला खेलाडीको अवार्ड जितेकी हुन् । रियलका कार्लो एन्सेलोटीले फिफा द वेस्ट पुरुष प्रशिक्षकको अवार्ड जिते ।

attariya hospital

त्यस्तै महिलातर्फ अमेरिकी महिला फुटबल टोलीकी प्रशिक्षक एम्मा हेजले यो अवार्ड जितिन् । वेस्ट गोलकिपरको अवार्ड पुरुषमा एस्टन भिल्लाका अर्जेन्टिनी गोलकिपर एमिलियानो मार्टिनेज र महिलामा अमेरिकाकी एलिसा नेहरले जितिन् ।

उत्कृष्ट गोलतर्फ म्यानचेस्टर युनाइटेडका अर्जेन्टिनी खेलाडी अलेक्जान्ड्रो गोरान्चोले र महिलातर्फ अमेरिकी क्लब ओलरान्डो प्राइडकी ब्राजिलियन खेलाडी मार्टाले जितेकी छन् ।