खाेज्नुहाेस

एनपीएल अन्तर्गत लिग चरणको अन्तिम खेलमा आज सुदूरपश्चिम र कर्णाली भिड्दै

Image
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

काठमाडौँ –  नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा आज (सोमबार) सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स भिड्दै छन्। दुई टोलीबीच कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे प्रतिस्पर्धा सुरु हुनेछ।लिग चरणको अन्तिम खेल सकिएपछि जारी पहिलो संस्करणको एनपीएलका शीर्ष चार टोलीको टुंगो लाग्नेछ भने बाँकी चार टोली लिगबाट बाहिरिनेछन्।

navjiwan hospital

आजको खेलको नतिजासँगै प्लेअफ पुग्ने अन्तिम टोलीको टुंगो लाग्ने छ । सुदूरपश्चिम, जनकपुर बोल्ट्स र चितवन राईनोज प्लेअफमा पुगिसकेका छन् । कर्णाली र काठमाडौं गुर्खाज प्लेअफ होडमा छन् । कर्णाली सुदूरपश्चिमविरुद्ध ठूलो अन्तरको हार टारेमा चौथो हुँदै प्लेअफमा पुग्नेछ । कर्णालीको लागि शीर्ष दुईमा पुग्ने सम्भावना पनि छ । त्यसका लागि सुदूरपश्चिमलाई आफू अनुकुल नतिजामा हराउनुपर्नेछ ।

attariya hospital

काठमाडौं गुर्खाजको भाग्य भने सुदूरपश्चिमको नतिजामा निर्भर हुने छ । सुदूरपश्चिमले कर्णालीलाई आवश्यक नतिजामा हराएमा मात्रै काठमाडौंको भाग्य खुल्नेछ । हालसम्म सुदूरपश्चिमले ६ खेलबाट १० अंक जोडेर प्लेअफमा स्थान बनाइसकेको छ र शीर्ष दुईमा रहने सम्भावना पनि बलियो छ । ७ खेल खेलिसकेको जनकपुर पनि १० अंक नै जोडेर दोस्रोमा छ । नेटरनरेटमा जनकपुर सुदूरभन्दा पछि छ ।

७ खेलबाट ८ अंक जोडेको चितवन राइनोज ८ अंक हुनेमध्ये राम्रो नेटरनरेटका आधारमा तेस्रो स्थानमा छ ।विराटनगर किङ्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स यसअघि नै उपाधि होडबाट बाहिरिइसकेका छन् ।