अत्तरिया– कैलालीको टीकापुर नगरपालिका – १ मा रहेको सप्तऋषि माध्यमिक विद्यालयमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा १७ जनामा सिकलसेल एनिमिया पोजेटिभ देखिएको छ ।

आइतबार कञ्चनपुरको कृष्णपुर नगरपालिका – ५ गुलरियामा रहेको निमेष सामुदायिक अस्पतालको आर्थिक सहयोगमा गरिएको सिकलसेल एनिमिया रगत स्क्रीनिङ शिविरमा १७ जनामा पोजेटिभ देखिएको हो ।

शिविरमा कक्षा ८ देखि १२ सम्मका १०७ जना विद्यार्थीको सिकलसेल जाँच गरिएको निमेष सामुदायिक अस्पतालका सञ्चालक फुलाराम चोधरीले बताए ।
उनले पोजेटिभ नतिजा आएकाहरूको सेती प्रादेशिक अस्पतालमा एचबी इलोक्ट्रोफोरेसिस गरिने बताए । एचबी इलोक्ट्रोफोरेसिस रिपोर्ट आएपछि पुनः विद्यालयमा गएर थप परामर्श दिइने उनले बताए ।