अत्तरिया – बैतडी दार्चुला एकता समाज गेटा कैलालीले गोदावरी नगरपालिका – ५ गेटामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । समाजले पुस ६ गते माया मेट्रो अस्पताल सँगको सहकार्यमा एक दिने प्रसूति तथा स्त्री रोग, बाल शल्य चिकित्सक, हाड जोर्नी र रेडियोलोजी सम्बन्धी शिविर आयोजना गर्न लागेको हो ।

शिविरमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रवीन्द्र देव भट्ट, वरिष्ठ हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डा. विकास पाण्डे, बाल शल्य चिकित्सक डा. सुलोचना दाहाल र रेडियोलोजिष्ट डा. अशोक राज पन्तद्वारा चेकजाँच गरिने बैतडी दार्चुला एकता समाजले गेटाका अमर बहादुर विष्टले बताए ।


उनले शिविरमा निःशुल्क परामर्श, भिडियो एक्स–रे, सुगर जाँच, रगत जाँच र निःशुल्क औषधी वितरण गरिने बताए ।
शिविर गोदावरी नगरपालिका – ५ सँगको समन्वयमा गेटा स्वास्थ्य चौकीमा आयोजना गरिने उनले बताए ।