अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ११ मा रहेको गोदावरी कृषि विकास सहकारी संस्था लिमिटेडको अध्यक्षमा कृष्ण विक निर्विरोध निर्वाचित भएका छन् । शनिवार सम्पन्न १३ औँ साधारण सभाबाट विक अध्यक्षमा निर्वाचित भएका हुन् । उनी दोस्रो कार्यकालका लागि अध्यक्षमा दोहरिएका हुन ।

साधारण सभाबाट अन्य पदाधिकारी पनि निर्विरोध निर्वाचित भएका छन् । समितिको उपाध्यक्षमा बसन्ती बिक, कोषाध्यक्षमा राधा बिक, सचिवमा भीम बहादुर बिक, सह–सचिवमा लक्ष्मी बिक चयन भएका छन् ।


त्यस्तै सदस्यहरूमा पवित्रा भुल, कमला नेपाली, लक्ष्मी विक, दीपक विक चयन भएका छन् । साधारण सभाबाट लेखा समिति संयोजकमा मञ्जु देवी बोहरा निर्विरोध निर्वाचित भएकी छिन । यस्तै लेखा समितिको सदस्यमा कविता बिक र भरत बिक चयन भएका छन् ।
सम्बन्धीत समाचार : गोदावरी कृषि सहकारी १३ औँ वर्षमा प्रवेश