खाेज्नुहाेस

गोदावरी कृषि सहकारी १३ औँ वर्षमा प्रवेश

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ११ मा रहेको गोदावरी कृषि विकास सहकारी संस्था लिमिटेड १३ औँ वर्षमा प्रवेश गरेको छ । २०६९ सालमा सहकारी डिभिजन कार्यालय कैलालीमा दर्ता भएर कारोबार सुरु गरेको सहकारी १३ औँ वर्षमा प्रवेश गरेको हो । गोदावरी सहकारी २०६७ सालमा स्थापना भएको दलित विकास सेवा केन्द्र अन्तरगत आयआर्जन वृद्धि गर्ने उद्देश्यले स्थापना गरिएको थियो ।

१३ औँ वार्षिक साधारण सभाको शनिवार एक कार्यक्रमका बिच गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकायाले उद्घाटन गरेकी थिइन् । उद्घाटन कार्यक्रममा बोल्दै उपप्रमुख रोकायाले सहकारीले ओलानी क्षेत्रको विकासमा महत्त्वपूर्ण भूमिका खेलेको बताइन् । उनले ओलानी क्षेत्रका अधिकांश पुरुष भारतमा गएका भए पनि यहाँ बस्ने महिलाहरू आर्थिक आयआर्जनमा जोडिन सहकारीको ठुलो भूमिका रहेको बताइन् । उनले सहकारीमा अधिकांश महिला आबद्ध पनि भएकाले सहकारीले यस क्षेत्रका महिलाहरूलाई उद्यम गर्न सहज हुने बताइन् । उनले सहकारीबाट ऋण लिँदा उद्देश्यमा आधारित रहेर ऋण लिएर मात्रै काम गर्न आग्रह गरिन् ।

add everest academy
attariya hospital

कार्यक्रममा बोल्दै वडा नम्बर ११ का वडाध्यक्ष प्रेम सिंह बडैलालले ओलानी क्षेत्रमा पुरुषहरू बाहिर जाने चलन बढी भएकाले सहकारीबाट महिलाले बढी लाभ लिन सक्ने बताए । उनले स्थानीयलाई लघुवित्त भन्दा पनि सहकारीमा आबद्ध हुन आग्रह गरे ।

navjiwan hospital

वडा नम्बर १२ का वडाध्यक्ष भीम बहादुर खड्काले अहिले ओलानीमा धेरै जग्गा बाझो रहन थालेकोमा चिन्ता व्यक्त गरे । उनले तराइको क्षेत्रमै रहेको ओलानीमा बसाइसराइ भएर घर, जग्गा बाझो रहने अवस्था रहेको बताए । उनले सोचे अनुसार कृषिमा सफलता हासिल गर्न नसकिएकाले यसमा जनता जागरूक हुन आवश्यक रहेको बताए । उनले ओलानी क्षेत्र बाख्रा पालनका लागि उपयुक्त भएकाले सहकारी सँगै स्थानीय सरकारले त्यसमा जोड दिनुपर्ने बताए । बाख्रा सँगै तरकारी खेतीको पनि ओलानीमा राम्रो सम्भावना रहेको उनले बताए ।

attariya technical collage

सहकारीका अध्यक्ष कृष्ण विकले सहकारीमा निर्भर रहेका कृषकहरूलाई आधुनिकीकरण र व्यवसायीकरण गरी मानिसहरूलाई स्वरोजगार बनाउन सहकारी लागिपरेको बताए । उनले सहकारी मार्फत सामुहिक तरकारी खेती, गोठे मल खाल्डो सुधार अभियान बेमौसमी तरकारी खेती, बिउ बिजन मल वितरण, अनुदानमा बाख्रा वितरण लगायतका काम आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालन गरिएको बताए ।

सहकारीका संस्थापक अध्यक्ष टेक विकले सहकारीले सुरुवात कालदेखि नै उत्कृष्ट हुँदै आएको बताए । उनले सहकारी आर्थिक क्रियाकलापमा मात्रै सीमित नभई शिक्षा, स्वास्थ्यका क्षेत्रमा पनि काम गरिरहेको भन्दै धन्यावाद ज्ञापन गरे । साधारण सभामा आर्थिक वर्ष २०८१ असार मसान्त सम्मको आयव्यय विवरण पनि पेस गरिएको थियो । जसअनुसार हाल सहकारीको कोष तथा दायित्व रकम १ करोड २५ लाख ४४ हजार ८८५ पुगेको छ । जसमा सहकारीको सेयर पुजी १७ लाख ३० हजार ९ सय रुपैयाँ रहेको छ । सहकारीमा हाल १३ सय भन्दा वढी सेयर सदस्य रहेका छन ।

Karma Consultancy

सम्बन्धीत समाचार : गोदावरी कृषि सहकारीको अध्यक्षमा कृष्ण विक दोहरिए