खाेज्नुहाेस

एनपीएलमा विराटनगरको दोस्रो जित

Image

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किङ्ग्सले दोस्रो जित हात पारेको छ । विराटनगरले चितवन राइनोजलाई ५१ रनले हरायो ।

navjiwan hospital

विराटनगरले दिएको १८२ रनको लक्ष्य पछ्याएको चितवनले २० ओभरमा ६ विकेट गुमाएर १३० रनमात्र बनाउन सक्यो । चितवनका अमर रौटेलाले सबैभन्दा धेरै ४२ रन बनाए । विराटनगरका कप्तान सन्दीप लामिछानेले २ विकेट लिए ।

add everest academy
attariya hospital

यसअघि कीर्तिपुरको त्रिवि मैदानमा टस जितेर ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ५ विकेट गुमाएर १८१ रन बनायो । विराटनगरका बसिर अहमदले नटआउट ६८, मार्टिन गप्टिलले ४५, राजेश पुलामीले नटआउट ३३ रन बनाए । चितवनका रिजन ढकालले २ विकेट लिए ।

यो जितसँगै विराटनगर ६ खेलमा ४ अङ्कसहित तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । चितवन ६ खेलमा ६ अङ्कसहित चौथो स्थानमा छ ।