काठमाडौँ- नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेटमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ५ रनले हराएको छ । कर्णालीले दिएको १२९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाएर १२३ रनमात्र बनाउन सक्यो ।

लुम्बिनीका टम मूर्सले सबैभन्दा धेरै ३६ रन बनाए । कर्णालीका जीशन मक्सूदले २ विकेट लिए । यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले २० ओभरमा ८ विकेट गुमाएर १२८ रन बनायो । लुम्बिनीका विकाश आग्रीले ३ विकेट लिए ।

यो जितसँगै कर्णाली ६ खेलमा ८ अङ्कसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । लुम्बिनीले भने ७ खेलमा १ खेल जित्दै २ अङ्क जोडेर प्रतियोगिता सकाएको छ ।
एनपीएल क्रिकेटको आजको दोस्रो खेलमा दिउँसो १ बजे विराटनगर किङ्ग्स र चितवन राइनोज खेल्दैछन् ।
















