खाेज्नुहाेस

एनपिएलमा आज कर्णालीले लुम्बिनी तथा चितवनले विराटनगरसँग खेल्दै

Image

नेपाल प्रिमियर लिग (एनपिएल)मा आज लुम्बिनी लायन्सले अन्तिम खेल खेल्दैछ। त्रिवि मैदानमा शनिबार बिहान ९ बजे लुम्बिनीले कर्णाली याक्ससँग खेल्नेछ। लुम्बिनी एक खेलअघि नै लिगबाट बाहिरीसकेको थियो।

कर्णाली याक्सका लागि भने आजको खेल महत्त्वपूर्ण छ। प्लेअफ पुग्ने प्रतिस्पर्धामा बलियो बन्नका लागि कर्णालीले आजको खेल जित्नुपर्नेछ। कर्णाली अंक तालिकाको चौथो स्थानमा छ।

add everest academy
attariya hospital
navjiwan hospital

आठमध्ये चार टिम प्लेअफमा पुग्छन्। जनकपुर बोल्ट्स एक खेल बाँकी छँदै प्लेअफमा पुगिसकेको छ। सुदूरपश्चिम रोयल्स दोस्रो स्थानमा छ।

तेस्रो स्थानमा चितवन राइनोज् छ। चितवनले आजै विराटनगर किंग्ससँग खेल्दैछ। पाँचमध्ये तीन खेल जितेको चितवनको ६ अंक छ। विराटनगर पाँचमध्ये एक खेल मात्रै जितेर पुछारमा छ।

विराटनगरले अन्तिम खेल काठमाडौंसँग, चितवनले जनकपुरसँग र कर्णालीले सुदूरपश्चिमसँग खेल्नेछ। विराटनगरमा सन्दीप लामिछाने, काठमाडौंमा करण केसी,चितवनमा कुशल मल्ल र लुम्बिनीमा रोहित पौडेल मार्की खेलाडी छन्।

attariya technical collage