खाेज्नुहाेस

एनपीएलको पहिलो सुपर ओभरमा पोखराको जित

Image

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सले विराटनगर किङ्ग्सलाई ‘सुपर ओभर’ मा हराउँदै दोस्रो जीत हात पारेको छ । पोखराले विराटनगरलाई १३ रनले हरायो ।

‘सुपर ओभर’ मा पोखराले दिएको १९ रनको लक्ष्य पछ्याएको विराटनगरले ५ रनमात्र बनाउन सक्यो । यसअघि विराटनगरले दिएको १४० रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा ६ विकेट गुमाएर १३९ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको हो । एनपीएलमा यो पहिलो सुपर ओभर हो ।

attariya hospital

पोखराका आन्द्रेस गौसले ३९, रेमोन रेफरले नटआउट ३४ रन बनाए । विराटनगरका प्रतिस जिसीले ४ विकेट लिए । यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १३९ रन बनायो । विराटनगरका स्कट इडवार्ड्सले ४५ रन बनाए । पोखराका सागर ढकाल र रेमोन रेफेरले २/२ विकेट लिए ।