काठमाडौ- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई एक सय ४० रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको विराटनगरले २० ओभरमा सात विकेट गुमाएर एक सय ३९ रन बनायो ।
विराटनगरका स्कट एडवार्डस्ले सर्वाधिक ४५ रन बनाए ।


पोखराका सागर ढकाल र रेमन रेइफरले समान दुई विकेट लिए । केहीबेरमा पोखराले जवाफी ब्याटिङ गर्दैछ । समान चार खेल खेलेका पोखरा र विराटनगर एउटा खेलमा जीत र तीन वटामा हार बेहोरेर तालिकाको पुछारमा छन् ।