खाेज्नुहाेस

जाजरकोटमा पिकअप दुर्घटना: पाँचजनाको मृत्यु, दुई घाइते

Image

जाजरकोट – जाजरकोटको नलगाड नगरपालिका–३ को बिराखोला कैना–कट्के सडकखण्डमा सवारी दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्। दुर्घटनापश्चात उद्दार गरी अस्पताल लगिएको थियो।

navjiwan hospital

अस्पताल लैजानासाथ चिकित्सकले ५ जनालाई मृत घोषणा गरेका थिए। दुर्घटनामा चालक नलगाड नगरपालिका–३ करुवाका ३१ वर्षीय इन्द्रजित थापा, ६४ वर्षीया शिला पुन, ३२ वर्षीया शारदा थापा, १७ वर्षीया लक्ष्मी पुन रोका र उनको एक महिनाको छोराको मृत्यु भएको हो।

add everest academy
attariya hospital

घाइतेमध्ये एक जना जीवन विक भने सामान्य उपचारपछि घर फर्किएका छन्। अर्का घाइते जनक थापाको उपचार भइरहेको छ।

प्रहरी उपरिक्षक डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेका अनुसार बलेरो पिकअप गएराति ११ बजेतिर दुर्घटनामा परेको हो। पिकअप जाजरकोटको नलगाड नगरपालिका–५ कालीमाटीबाट वडा नम्बर–३ कटकेतर्फ गइरहेको थियो।