खाेज्नुहाेस

भारतको अस्पतालमा अत्तरियाकी कृति, आर्थिक सहयोगका लागि अपिल

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका२ अत्तरिया रिङरोडकी ४० वर्षीया कृति विष्ट भारतको अस्पतालमा छट्पटाइरहेकी छिन् । उनकी छोरी सुमित्राका अनुसार विष्टको उच्च रक्तचापले गर्दा टाउकोभित्रको नशा फुलेको छ भने नशाबाट रगत बग्ने समस्या देखिएको छ ।

navjiwan hospital

केही दिन धनगढीमा उपचार गराउँदा निको नभएपछि भारत लगिएकी उनको रुद्रपुरको मेडिसिटी हस्पिटलमा उपचार भइरहेको छ ।

attariya hospital

सुमित्राले आमाको सर्जरी गराउनुपर्ने भएकोले करिब ७ लाख भारु खर्च हुन आउने हुँदा सहयोगका लागि अपिल गरेकी छिन् । विष्टको उपचारमा सहयोग गर्न चाहनेले सुमित्रा विष्टको नाममा कुमारी बैंकमा रहेको खाता नम्बर ०७५०१४७३८१७००००१ मा पैसा पठाएर सहयोग गर्न सकिने बताइएको छ ।