काठमाडौँ- नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेटमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई जितका लागि १२४ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२३ रन बनायो ।

उसका लागि विनोद भण्डारीले सर्वाधिक ३३ रन बनाए । सुदूरपश्चिममा किशोर महतोले ४ तथा शेर मल्ल र अरनिको यादवले समान २/२ विकेट लिए ।


जनकपुर बोल्ट्स यसअघि आफ्ना ४ वटै खेलमा विजयी हुँदै आठ अङ्कका साथ अङ्क तालिकाको शीर्ष स्थानमा छ । यसैगरी ४ खेलमा ३ वटा जितेको सुदूरपश्चिम रोयल्स ६ अङ्कसहित दोस्रो स्थानमा छ ।