खाेज्नुहाेस

डडेल्धुरा अस्पतालमा हेमोडायलाइसिसको सफल परीक्षण

Image

डडेल्धुरा- डडेल्धुरा अस्पतालमा हेमोडायलाइसिसको सफल परीक्षण भएको छ । अमरगढी नगरपालिका-४ का ५४ वर्षीय राजेन्द्रविक्रम भण्डारीमाथि सोमबार सफल डायलाइसिस परीक्षण गरिएको हो ।

navjiwan hospital

डडेल्धुरामा स्वास्थ्य विभागबाट दुई वर्षअघि हेमोडायलाइसिसका ५ वटा उपकरण प्राप्त भएको भएपनि पर्याप्त पूर्वाधार तथा जनशक्ति अभावमा डायलाइसिस सेवा सुरु गर्न नसकिएको डडेल्धुरा अस्पताल विकास समिति अध्यक्ष करुणाकर ओझाले बताए ।

add everest academy
attariya hospital

सोमबार डायलाइसिसको सफल परीक्षणपछि अब सेवा नियमित हुने उनले बताए । त्यसका लागि स्वास्थ्य विभागमा सूचीकृत गर्नुपर्ने र सूचीकृत हुन करिब एक हप्ता लाग्ने अनुमान गरिएको अध्यक्ष ओझाले बताए ।