खाेज्नुहाेस

गोदावरीका किशोरीहरूलाई विपद्मा प्रजनन स्वास्थ्य अधिकारका सम्बन्धी पैरवी गरिदैं

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका किशोरीहरूलाई विपद्मा यौन तथा प्रजनन स्वास्थ्य अधिकारका सम्बन्धी पैरवी कार्यक्रम आयोजना गरिएको छ । सोमबार ‘विपदमा अधिकारमुखी गुणस्तरीय प्रजनन स्वास्थ्य सेवामा पहुँच सुदृढीकरण’ कार्यक्रम अन्तरगत गोदावरीका २४ जना किशोरीलाईलाई विपद्मा यौन तथा प्रजनन स्वास्थ्य अधिकारका सम्बन्धी पैरवी गरिएको हो ।

परियोजनाकी संयोजक रुचि राना मगरले विपद्को अवस्थामा यौन तथा प्रजनन स्वास्थ्य अधिकारका कुराहरूलाई लिएर कसरी पालिका देखि प्रदेश स्तर सम्म पैरवी गर्न सकिन्छ भन्ने विषयमा किशोरी सँग छलफल गरिएको बताइन् ।
उनले गोदावरीका १२ वटै वडामा रहेका रहेका किशोरीहरूको समूहबाट प्रतिनिधित्व हुने छलफल गरिएको र, ती किशोरीहरू मार्फत नै वडामा विपद्मा यौन तथा प्रजनन स्वास्थ्य सेवा कसरी निरन्तर दिन सकिन्छ भनेर पालिका तहमा पैरवी गरिने बताइन् ।

attariya hospital
navjiwan hospital

हाल केयर नेपाल, सीआरआर र एफब्लुएलडी  सँगको साझेदारीमा निड्स नेपालले पाइलोटिङ प्रोजेक्टका रूपमा गोदावरीमा किशोरीहरूलाई लक्षित गरी विपद्मा उनीहरूको यौन तथा प्रजनन स्वास्थ्य अधिकारका विषयमा पैरवी कार्यक्रम सञ्चालन गरिरहेको छ । परियोजनाकी संयोजक राना मगरले पालिकाहरूमा किशोरी मैत्री यौन तथा प्रजनन स्वास्थ्य सेवा हुन नसकेको अवस्थामा परियोजनाबाट किशोरीहरूलाई यस्ता सेवा लिन सचेत गर्न लागिएको बताइन् ।

पैरवी कार्यक्रममा टेक विक, झंकर कुवर र कालिदास जोशीले मानव अधिकार, विपद्को अवस्थामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार, अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा प्रदेश स्तरीय कानुन तथा नीतिहरूका बारेमा किशोरीहरूलाई प्रशिक्षण दिएका थिए ।