खाेज्नुहाेस

सुदूरपश्चिमका ४ हजार बढीमा एड्स संक्रमण

Image

धनगढी – सुदूरपश्चिम प्रदेशमा ४ हजार बढीमा एचआइभी संक्रमण रहेको पाइएको छ । एड्स सङ्क्रमण दर धेरै घटे पनि सुदूरपश्चिम प्रदेशमा अझै अनुमानित ४ हजार २६५ जना एड्स सङ्क्रमित रहेका प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ । अनुमानित सङ्क्रमितमध्ये ४ हजार ९ जना पत्ता लागेको जनाइएको छ । पत्ता लागेका सङ्क्रमितमध्ये ३ हजार ७२३ जना उपचाररत रहेको निर्देशनालयका एचआइभी स्रोत व्यक्ति मनोज ओझाले बताए । उनले उपचार गराइ रहेकामध्ये एक हजार ९२० जनामा रोग सार्ने भाइरल लोड कम भएको बताए ।

navjiwan hospital

उनका अनुसार गत आर्थिक वर्षमा १२९ पुरुष, ८५ महिला र यौन अल्पसङ्ख्यक ४ गरी २१८ नयाँ सङ्क्रमित पत्ता लागेका छन् । नयाँ पत्ता लागेकामध्ये २१४ जना उपचारमा दर्ता भएको जनाइएको छ । नयाँ पत्ता लागेको सङ्ख्या अघिल्लो आर्थिक वर्षकोभन्दा कम रहेको निर्देशनालयले जानकारी दिएको छ । गत आर्थिक वर्षमा सुदूरपश्चिमका ६४ सङ्क्रमितले एड्सका कारण ज्यान गुमाएका छन् ।

attariya hospital

निर्देशनालयका अनुसार बाजुराका ६२, बझाङका ९१, दार्चुलाका ४५, बैतडीका १२८, डडेलधुराका ११५, डोटीका ४९३ सङ्क्रमितले हाल उपचार गराइरहेका छन् । यसैगरी, अछामका ५८४, कैलालीका एक हजार ७४५ र कञ्चनपुरका ४६० जना सङ्क्रमित एआरटी उपचार गराइरहेका छन् । यो प्रदेशमा १७ स्थानबाट एआरटी उपचार सेवा उपलब्ध रहेको छ ।