खाेज्नुहाेस

पश्चिम सेतीको क्षमता बढाउने निर्णय

Image

धनगढी – लामो समय देखि चर्चामै सीमिति पश्चिम सेती जलविद्युत् परियोजनाको क्षमता बढाउने निर्णय गरिएको छ । यसअघि पश्चिम सेतीबाट ७ सय ५० मेगावाटबाट निकाल्ने भनिएपछि यसलाई बढाएर आठ सय मेगावाट पुर्‍याउने निर्णय गरिएको हो ।

navjiwan hospital

सिंहदरबारमा बसेको लगानी बोर्ड बैठकले पश्चिम सेतीको क्षमता थप ५० मेगावाट बढाउने निर्णय गरेको हो ।

godawari nagarpalika dadhelo
attariya hospital

पश्चिम सेती जलविद्युत् आयोजना पाएको भारतीय कम्पनी एनएचपीसी लिमिटेडले क्षमता बढाउन र सर्वेक्षण अनुमतिपत्रको म्याद थप्न लगानी बोर्डलाई भनेको थियो । सोहीअनुसार पश्चिम सेतीको क्षमता विस्तारसँगै सर्वेक्षण अनुमतिपत्रको अवधि एक वर्ष थपिएको लगानी बोर्डका प्रवक्ता प्रद्युम्न उपाध्यायले बताए ।

यसअघिको अध्ययनअनुसार सात सय ५० मेगावाट क्षमताको पश्चिम सेती आयोजनाको लागत एक हजार तीन सय २० मिलियन अमेरिकी डलर र चार सय ५० मेगावाट उत्पादन क्षमताको एसआर–६ आयोजनाको लागत आठ सय मिलियन अमेरिकी डलर बराबर अनुमान गरिएको थियो । लगानी बोर्ड, नेपाल र एनएचपीसी लिमिटेडबीच ०७९ भदौ २ मा भएको समझदारीपत्रमा भने व्यावसायिक उत्पादन सुरु भएपछि २१.९ प्रतिशत बिजुली दिनुपर्ने उल्लेख छ ।