
अत्तरिया- डडेल्धुरामा एक जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको अमरगढी नगरपालिका-४ बस्ने ५३ वर्षीय खगेन्द्रराज भट्ट पक्राउ परेका हुन् ।
जिल्ला अदालत डडेल्धुराको फैसलाले लागुऔषध चरेश मुद्दामा एक वर्ष कैद सजाय र १० हजार रुपैयाँ जरिबाना तोकिएका उनलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले बिहीबार अमरगढी-५ बागबजारबाट पक्राउ गरेको जनाएको छ ।




















