काठमाण्डौं – सरकारले स्वास्थ्य बीमाको दायरा बढाएर पाँच लाख रुपैयाँ पु¥याउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बिहीबार आयोजित स्वास्थ्य क्षेत्रको राष्ट्रिय संयुक्त समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै यसबारे जानकारी दिएका हुन् ।
मन्त्री पौडेलका अनुसार हालको स्वास्थ्य बीमा कार्यक्रमले नै नागरिकलाई आधारभूत र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सहयोग पु¥याइरहेको छ । यसलाई थप प्रभावकारी बनाउन बीमाको सीमा हालको एक लाखबाट पाँच लाख रुपैयाँ पु¥याउने योजनामा सरकार क्रियाशील रहेको उनले बताए । ‘स्वास्थ्य बीमा कार्यक्रमलाई फराकिलो बनाउन ऐन र नियमावलीमा आवश्यक परिमार्जन गर्दैछौं,’ उनले भने ।
हाल सरकारले मिर्गौला प्रत्यारोपण, हेमोडायलासिस, मुटु, क्यान्सर, स्पाइनल इन्जरी, अल्जाइमर, आमा सुरक्षा कार्यक्रम, गर्भवती जाँचजस्ता सेवाहरूमा फरक शीर्षकअन्तर्गत रकम वितरण गर्दै आएको छ । स्वास्थ्य विमालाई पाँच लाखसम्म पु¥याउनको लागि सबै नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गरी बीमा कोष वृद्धि गर्ने प्रक्रिया अघि बढेको प्रमुख डा. सापकोटाले जानकारी दिए ।