अछाममा पहिलोपटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया

अछाम – अछाममा पहिलो पटक एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको छ । जिल्ला अस्पताल अछाममा जटिल प्रकारको शल्यक्रिया गरिएको हो । यसअघि अस्पतालमा प्रसूति सेवाको शल्यक्रियामार्फत हुने गरेपनि यस प्रकारको शल्यक्रिया जिल्ला अस्पताल अछाममा पहिलो पटक भएको अस्पतालले जनाएको छ ।

maya metro hospital

बाजुरा घर भएका एक पुरुषलाई पेट दुख्ने समस्या देखिए पछि उनलाई बाजुरा अस्पताल लगिएको थियो । बाजुरा जिल्ला अस्पतालमा शल्यक्रिया सम्भव नभएपछि ती बिरामीलाई रेफर गरिएको थियो । जिल्ला अस्पताल बाजुराले उनलाई अछाम रेफर गरेपछि जिल्ला अस्पताल अछामले सफल शल्यक्रिया गरेको हो ।

शल्यक्रिया उपचारमा संलग्न डा अधिराज आचार्यले ‘जिल्ला अस्पताल पहिलो पटक यस्तो खालको शल्यक्रिया सफल भएको र यो समग्र अछाम बासीका लागि खुसीको कुरा भएको बताए ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.