खाेज्नुहाेस

‘पूर्णबहादुरको सारङ्गी’विरुद्ध उजुरी

Image

काठमाडौँ- फिल्म ‘पूर्णबहादुरको सारङ्गी’विरुद्ध उजुरी परेको छ । ‘लाज’ फिल्मका लेखक अजित लामिछानेले बौद्धिक सम्पत्ति चोरीको आरोपमा फिल्मविरुद्ध नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा क्षतिपूर्तिको मागसहित उजुरी दर्ता गरेका हुन् ।

navjiwan hospital

फिल्ममा ‘लाज’को कथासार र केही प्लट तोडमोड गरी नियतवश चोरी गरिएको उजुरीमा उल्लेख छ । ‘विगत दुई वर्ष पहिले मैले ‘पूर्णबहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेललाई ‘लाज’को सम्पूर्ण कथा, पटकथा तथा संवाद सुनाएको थिएँ’, लामिछानेले अगाडि लेखेका छन् ‘ फिल्मका निर्माण कम्पनी बाँसुरी फिल्मसका प्रबन्ध निर्देशक रामबाबु गुरुङ ९फिल्म निर्देशक०लाई पनि ‘लाज’माथि सहकार्य गर्ने हेतुले इमेल गरिएको थियो ।’

attariya hospital

लामिछानेले फिल्मका निर्देशकदेखि सम्बन्धित व्यक्तिसँग सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।