खाेज्नुहाेस

वडा कार्यालयमा बीउ लिनेको भिड

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – २ को वडा कार्यालयमा च्याउ र प्याजको बीउ लिनेको भीड लागेको छ । वडा कार्यालयले चालु आर्थिक वर्षमा २ लाख बजेट विनियोजन गरेर निःशुल्क बीउ वितरण गर्ने कार्यक्रम राखेपछि बीउ लिनेको भिड लागेको हो ।

navjiwan hospital

वडा सदस्य डबल साउँदले धेरै मानिस बीउ लिन आएपछि पुगाउनै नसकिएको बताए । उनले डेढ सय जना जतिलाई बीउ वितरण गरिए पनि बाँकी वडामा बीउ लिन आएकाहरूलाई दिन नसकिएको बताए । उनले थप बिउ किन्नको लागि प्रक्रिया अगाडि बनाउने बताए ।

attariya hospital

‘देखासिखिमा एउटाले बीउ पायो भनेर टोलभरीका सबै आएपछि समस्या भयो’ उनले भने ‘को किसान हो को होइन छुट्याउन सकिएन् ।’
वडाले किसान छनोट गरेर बीउ वितरण गर्ने भन्दा पनि हचुवाको भरमा बीउ बाडेपछि समस्या आएको स्थानीयले बताएका छन । कतिपय खेती नगर्नेले पनि बीउ लगेको स्थानीयको गुनासो छ ।