बैतडी- बैतडीको सुर्नया गाउँपालिका-७ स्थित शिखरपुर स्वास्थ्य चौकीमा आयोजना गरिएको एकदिने दन्त शिविर सोमबार सम्पन्न भएको छ । स्वास्थ्य शाखाको आयोजनामा सञ्चालित एकदिने दन्त शिविरमा ३६ जनाले सेवा लिएको स्वास्थ्य चौकी प्रमुख वीरबहादुर बोहराले बताए ।
पालिकाभित्र रहेका जेष्ठ नागरिक, अपाङ्ग तथा आर्थिक समस्यामा परेका नागरिकहरुका लागि राहत पुग्ने उद्देश्यसहित दन्त शिविरको आयोजना गरिएको स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए ।
दाँतको समस्या भएकाहरुलाई दाँत निकाल्ने तथा सुझाव र परामर्श दिने कार्य भइरहेको उनले बताए । गाउँपालिकाले ५ ठाउँमा एकदिने दन्त शिविर सञ्चालन गर्ने जनाएको छ ।