खाेज्नुहाेस

धनगढीमा गृहमन्त्रीको प्रेस मिट : आफ्नो पद सुरक्षित रहेको दाबी 

Image
धनगढी – प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण अघि सरकार ढल्ने चर्चाका बिच गृहमन्त्री रमेश लेखकले मन्त्री परिवर्तन हुने कुरा हल्ला निराधार रहेको बताएका छन् । आज धनगढीमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै लेखकले आजका मिति सम्म मन्त्री हेरफेर हुने कुरामा कुनै छलफल नभएको दाबी गरे ।
attariya hospital
उनले भने ‘दुई दलको सरकार भएकाले मन्त्री हेरफेर गर्दा दुई दलमा छलफल गरेर मात्र हुन्छ तर अहिले सम्म त्यस्तो छलफल भएको छैन ।’ उनले २०८४ सम्म यो गठबन्धन कायम रहने बताउँदै अबको १ वर्ष ८ महिना पछि वर्तमान प्रधानमन्त्री परिवर्तन भई नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा प्रधानमन्त्री बन्ने उल्लेख गरे ।
केही दिन अघि सामाजिक सञ्जालमा गृहमन्त्रीको परिवर्तन हुन लागेको चर्चा चलिरहेको छ । गृहमन्त्रीले भने सो कुरा निराधार रहेको बताएका हुन ।
प्रधानमन्त्रीको चिन भ्रमणको विषयलाई लिएर दुई दल बिच खटपट भएको प्रसङ्गमा सञ्चारकर्मीको जिज्ञासामा गृहमन्त्री लेखकले सामान्य छलफलको विषयलाई लिएर बेकामको हल्ला चलाइएको बताए । उनले भने ‘एमाले र काँग्रेस बिच कुनै पनि विषयमा कुनै पनि असमझदारी छैन, दुई दल मुख्य प्रतिस्पर्धी भए पनि मिलेर सरकार चलाइरहेका छौ, २०८४ को निर्वाचन सम्म सहज मिलेर जान्छौ ।’