
अत्तरिया- डडेल्धुरामा झण्डै २६ लाख जरिबाना तोकिएका एक फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको अमरगढी नगरपालिका-७ पोखरा बस्ने ५१ वर्षका यज्ञराज भट्टराई पक्राउ परेका हुन् ।
जिल्ला अदालत डडेल्धुराको फैसलाले बसोबास आवादि भएको मुद्दामा १ वर्ष कैद सजाय र २५ लाख ८८ हजार ५५ रुपैयाँ जरिबाना तोकिएका उनलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले बुधबार गोदावरी नगरपालिका-३ बाट पक्राउ गरेको जनाएको छ ।




















