नाउपाले उम्मेदवारी फिर्ता लिएपछि जिसस कैलाली प्रमुखमा भूल निर्विरोध निर्वाचित

धनगढी – कैलाली जिल्ला समन्वय समिति प्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार टीका कुमारी चौधरी (भूल) निर्विरोध निर्वाचित भएकी छिन् । प्रदेश निर्वाचन कार्यालय सुदूरपश्चिममा प्रमुख प्रेमराज भट्टका अनुसार कांग्रेस उम्मेदवार भूलसहित दुई जनाको उम्मेदवारी परेकोमा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दर्ता गराएकी रुपमती डगौरा थारुले उम्मेदवारी फिर्ता लिइसकेकी छिन् । प्रदेश निर्वाचन कार्यालयले औपचारिक रुपमा तीन बजेपछि निर्विरोध भएको घोषणा गरिने बताए ।

maya metro hospital

नागरिक उन्मुक्ति पार्टीको निर्णयअनुसार बुधबार थारुले उम्मेदवारी फिर्ता लिएपछि फिर्ता लिएपछि कांग्रेस उम्मेदवार भूल निर्विरोध भएकी हुन् । एमालेले भने यसअघि नै कांग्रेस उम्मेदवार भूललाई समर्थन गरेर साझा उम्मेदवार बनाएको थियो । सुदूरपश्चिममा कांग्रेस, एमाले र नागरिक उन्मुक्ति पार्टीको संयुक्त सत्ता गठबन्धन छ ।

नागरिक उन्मक्ति पार्टीकी उम्मेदवारले फिर्ता नलिएको अवस्थामा पनि कांग्रेस एमालेकी साझा उम्मेदवार भूल निर्वाचित हुने निश्चित थियो । २५ जना कुल मतदाता रहेको सुदूरपश्चिममा कांग्रेस एमालेको मत संख्या १३ जना पुग्छ । कांग्रेससँग आठ र एमालेसँग पाँच मत संख्या छ ।

attariya hospital

कैलालीमा जिल्ला समन्वय समिति प्रमुख पदम कलेलको ०७९ साल पुस २३ गते मृत्युभएपछि पद रिक्त थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.