यी हुन् डडेल्धुरा जिप दुर्घटनाका घाइते

अत्तरिया- डडेल्धुरामा जिप दुर्घटनामा घाइते भएका सबैको परिचय खुलेको छ । प्रदेश प्रहरीका अनुसार दुर्घटनामा १० जना घाइते भएका छन् ।

maya metro hospital

घाइतेहरुमा डडेल्धुराको परशुराम नगरपालिका-११ सलेता बस्ने २८ वर्षीया पुष्पा भट्ट, उनका ८ वर्षीय छोरा अनुपम भट्ट, ४ वर्षीयका कृष्ण भट्ट, सोही ठाउँकी ५० वर्षीया पार्वती धामी, ३० वर्षीय डम्बर धामी, १९ वर्षीय खेमराज भट्ट, ४३ वर्षीय अम्मरबहादुर सार्की, उनकै नाति ६ वर्षीय रमित सार्की, ४४ वर्षीया जानकी महरा र उनकी छोरी १३ वर्षीया प्रतिभा महरा रहेकी छन् ।

घाइतेहरुको कैलाली र कञ्चनपुरका अस्पतालहरुमा उपचार भइरहेको प्रहरीले बताएको छ । जिप चालक परशुराम नगरपालिका-११ एक्लेगडा बस्ने २१ वर्षका भुपाल कुँवरलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

attariya hospital

मंगलबार परशुराम-९ नौलास्थित दैजी-जोगबुढा सडकखण्डमा लु १ ज ४५७९ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट अन्दाजी १०० मिटर तल खसेको थियो । दुर्घटनामा परशुराम-११ सलेता बस्ने ४० वर्षकी मोतिदेवी सार्की र आलिताल गाउँपालिका-७ थली बस्ने ३८ वर्षकी धनादेवी बुढाको घटनास्थलमै मृत्यु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.