जिसस कैलाली प्रमुखका लागि एमालेले उम्मेदवारी नदिने

धनगढी – जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेकपा एमालेले आफ्नो उम्मेदवार नउठाउने भएको छ । एमालेले कांग्रेसका उम्मेदवारलाई सहयोग सहयोग गर्न आफ्ना उम्मेदवार नउठाउने भएको हो ।

maya metro hospital

मंसिर १६ गते हुने समन्वय प्रमुखको निर्वाचनमा काँग्रेसका उम्मेदवारलाई समर्थन गर्न सत्ता दल नेकपा एमाले र काँग्रेसबिच सहमति भएको छ । नेपाली कांग्रेस कैलाली सभापति नारायण दत्त भट्ट, उपसभापति खेमराज डङ्गौरा, सचिव केशव मिश्र र नेकपा एमाले कैलालीका इन्चार्ज नारदमुनि राना, कैलाली अध्यक्ष यज्ञराज डुङ्गाना, सचिव ममता चौधरी लगायतका नेताबिच सो सहमति भएको हो ।

कांग्रेसले प्रमुखमा टीका कुमारी चौधरी भुललाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । उनको उम्मेदवारी दर्तामा धनगढी उपमहानगरकी उपप्रमुख तथा नेकपा एमालेकी नेतृ कन्दकला राना प्रस्तावक रहेकी छिन् । टिका कैलारी गाउँपालिका वडा नम्बर २ बाट दलित महिला सदस्यमा निर्वाचित भएकी थिइन् ।

attariya hospital

२०७९ साल पुस २३ गते समन्वय प्रमुख पदम कलेलको निधन भएपछि कार्यवाहक प्रमुखको भरमा समन्वय चलिरहेको थियो । यहाँ नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी,नेकपा एकीकृत समाजवादी र स्वतन्त्रका जनप्रतिनिधिको मतदान गर्न पाउने छन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.