डडेल्धुरा – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विमानस्थलका लागि प्रस्तावित अजयमेरु गाउँपालिका– १ पुइलेक डाँडामा पुगेका छन् । गृहजिल्लामा रहेका देउवा बिहीबार विमानस्थल बनाइने भनिएको सो ठाउँको निरीक्षका लागि पुगेका हुन् ।
निरीक्षणपछि उनले हवाई मैदान निर्माणका लागि सम्भाव्यता सर्भे भएको र अब ‘डिटेल सर्भे, डिटेल डिजाइनिङ’ गरिने बताएका छन् । यी दुई वटै सर्भे भएपछि बजेट ल्याउने उनले बताए ।
२०७६ मा विमानस्थल निर्माणका लागि उक्त स्थान छनोट गरिएको थियो ।