अत्तरिया – परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा डडेल्धुरा आउने भएकी छिन । उनी शुक्रवार डडेल्धुरा आउन लागेकी हुन ।
नेपाली कांग्रेस डडेल्धुरा जिल्ला सभापति भीम बहादुर साउँदले आरजु शुक्रवार साढे ३ बजे डडेल्धुरा बसपार्कमा पुग्ने कार्यक्रम रहेकाले फुलमाला सहित स्वागतका लागि उपस्थित हुन अनुरोध गर्दै सूचना जारी गरेका छन् ।
हाल कांग्रेस सभापति सेर बहादुर देउवा पनि डडेल्धुरामै रहेका छन् । उनी कार्तिक २५ गते नै डडेल्धुरा पुगेका थिए ।