बझाङको स्वामीकार्तिक खापरमा कांग्रेसले पुल्तीसरा बनायो उम्मेदवार

बाजुरा – नेपाली कांग्रेसले बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा पुल्तीसरा शाहीलाई उम्मेदवार बनाउने भएको छ । १६ मंसिरमा हुने उपनिर्वाचनमा शाहीलाई उम्मेदवार बनाउने निर्णय गरिएको जिल्ला सभापति रामसिंह रावलले जानकारी गराए । कांग्रेसले उम्मेदवार बनाएकी शाही पार्टी संरचनामा प्रदेश सभा (क) मा सदस्य छन् ।

maya metro hospital

माओवादी केन्द्र र एकीकृत समाजवादीले चुनावी तालमेल गर्ने इच्छा राखेपनि सम्भव नभएको रावलले बताए । ‘उहाँहरुले हाम्रो उम्मेदवारलाई सहयोग गर्न सक्नुहुन्छ । कांग्रेसको अरु दलको उम्मेदवारलाई सघाउने अवस्था छैन,’ रावलले भने । कांग्रेसबाट उपाध्यक्षमा निर्वाचित मैना जोशीको गत माघमा निधन भएकाले उक्त पालिकामा उपनिर्वाचन हुन लागेको हो ।

उपनिर्वाचनको लागि मङ्सिर २ गते उम्मेदवारी दर्ता गर्ने मिति तय गरिएको छ ।

attariya hospital

उपनिर्वाचनको लागि नेकपा एमालेले सुलोचना कुमारी भण्डारी बुढालाई र नेकपा माओवादी केन्द्रले राजुकुमारी विकलाई आधिकारिक उम्मेदवार बनाउने निर्णय गरिसकेका छन् । नेकपा एकीकृत समाजवादी भने उम्मेदवारको नाम विना नै उपनिर्वाचनमा होमिएको छन् ।

अघिल्लो निर्वाचनमा बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा कांग्रेसका उम्मेदवार मैना जोशी निर्वाचित भएकी थिइन् । जोशीले एक हजार ८१० मत पाएर विजयी भएकी थिइन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार सुलोचनाकुमारी भण्डारी बुढाले एक हजार ६३७ मत पाएकी थिइन् । तेस्रोमा रहेको माओवादीका उम्मेदवार सुरेशबहादुर रोकायले एक हजार २१३ मत पाएका थिए ।

यसैबिच निर्वाचन आयोगले स्वामीकार्तिक खापर गाउँपालिकामा महिला मात्रै उम्मेदवार बनाउन मिल्ने जनाएको छ ।

गाउँपालिकाको प्रमुखमा निर्वाचित पुरुषहरु पदमा बहाल रहेकाले राजनीतिक दलहरुबाट महिलाहरु मात्रै उम्मेदवार बन्न पाउने भनी निर्वाचन आयोगले नीतिगत निर्णय गरेको हो ।

स्थानीय तह निर्वाचन ऐन, २०७४ को दफा १७(४) मा दलले स्थानीय तहको प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिंदा ५० प्रतिशत महिला उम्मेदवार रहने गरी मनोनयनपत्र पेश गर्नुपर्ने व्यवस्था छ । त्यो व्यवस्थालाई स्थानीय तहको उपनिर्वाचनमा समेत अनिवार्य हुने गरी निर्वाचन आयोगले व्यवस्था गर्न खोजेको हो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.