डडेल्धुरा – डडेल्धुरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार राती पर्शुरामा नगरपालिका – ६ छेलामा बा०२–०२२ प २१४५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा चालक भुपेन्द्र भट्टको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भिर घाईते भएका भट्टको उपचारको क्रममा जोगबुढा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलमा पछाडी सवार २० को सिद्धराज भट्ट घाइेत भएका छ । उनको उपचारका लागि धनगढी पठाइएको प्रहरीले जनाएको छ ।