डडेल्धुरा- डडेल्धुरामा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । प्रहरीका अनुसार बुधबार बिहान ११ बजे थप एकजनाको शव फेला परेको हो ।

घटनास्थलमा बैतडीको पुर्चौडी नगरपालिका–१० की ६० वर्षीया गोवणी महराको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक उपेन्द्र बमले बताए ।

कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौडीका लागि छुटेको ना८ख १०७८ नम्बरको बस राति साढे १२ बजे डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा दुर्घटना भएको थियो ।



















