खाेज्नुहाेस

दसैँमा मासु सँग के खाने ?

Image

धार्मिक पर्व दसैँमा खानपिनसँग विशेष सम्बन्ध छ । दसैँमा मिठो मसिनो खाने चलन नै छ । दसैँमा मासुको बिशेष माग हुने गर्दछ । कतिपयले दसैँलाई मासु खाने पर्वका रूपमा पनि लिन्छन् ।
तर, एकै पटक धेरै मासु खाँदा मानिसको स्वास्थ्यमा कस्तो समस्या निम्त्याउन सक्दछ ।

हाम्रो शरीरलाई प्रोटिन आवश्यक पर्दछ । मासुमा प्रोटिन हुन्छ । हामीले खाने मासुमा १४ देखि २० प्रतिशत प्रोटिनको मात्रा हुन्छ । उदाहरणको लागि एक किलोको मानिसको शरीरलाई एक ग्रामको हिसाबले प्रोटिन चाहिन्छ । ५० किलोको मान्छे छ भने उसलाई एक दिनमा २५० ग्राम भन्दा बढी मासु चाहिँदैन ।

attariya hospital
navjiwan hospital

दसैमा भने बढी मासु खाने प्रचलनका कारण जोखिम पनि उत्तिकै हुन्छ । तर, यसरी मासु खाँदा मासु सँगै सागसब्जी र फलफूल खान सकियो भने फाइदा जनक हुन्छ ।

मासु सँग पालुङो र रायोको साग राम्रो मानिन्छ । घिरौँला, काक्रो, सिमी, बोडी, बन्दा, ब्रोकाउली मासुसँग खानु पनि राम्रो मानिन्छ ।

एन्टिअक्सिडेन्ट भएका खानेकुराले मासुमा हुने विषाक्त पर्दाथ काट्नका लागि मद्दत गर्दछ । मासुमा भन्दा पनि मासुसँगै एन्टिअक्सिडेन्ट भएका खानेकुरामा जोड दिनु पर्दछ ।

मासुमा रेसादार पदार्थ  हुँदैन जसले गर्दा उच्च रक्तचाप, मधुमेह र मोटापना भएकाहरूले मासुको अत्याधिक प्रयोग गर्दा समस्या थपिन्छ । जसका लागि पनि सागसब्जी खानु उपयुक्त हुन्छ ।