धनगढी – नवजीवन अस्पताल धनगढीले घाँस काटदा घाईते भएकी एक एकल महिलाको २ लाख उपचार खर्च मिनाहा गरेको छ । डोटीको जोरायल गाउँपालिका – ५ की ७८ वर्षिया मन्सरा देबी खडायतको नवजीवन अस्पताल धनगढीले २ लाख मिनाहा गरेर निःशुल्क उपचार गरेको हो । उनी असोजको ६गते घाँस काटने बेला घर आसपासकै ढाँडीखोला वनमा चिप्लिएर घाईते भएकी थिईन ।

उनको बाँया खुट्टामा गम्भिर चोट लागेको थियो । तीन दिनपछि असोज ८ गते नवजीवन अस्पताल धनगढी पुगाईएकी उनको घुँडामुनीको खुट्टा नै काटनुपरेको छ । नवजीवन अस्पतालका अध्यक्ष यज्ञराज ढुंगानाले श्रीमान नभएकी एकल जेष्ठ नागरिक र घरको आर्थिक अवस्था कमजोर भएकाले उनको सम्पूर्ण उपचार खर्च मिनाहा गरिएको बताए । उनको उपचारका २ लाख खर्च भएको थियो ।

‘आर्थिक अवस्था एकदमै नाजुक रहेछ, जेष्ठ नागरिक, त्यसैमा एकल महिला पनि भएकाले अस्पतालले उनको उपचारमा लागेको २ लाख रकम मिनाहा गरेको हो’ नेकपा एमालेका कैलाली जिल्ला अध्यक्ष समेत रहेका अस्पतालका अध्यक्ष ढुंगानाले भने ।
हाडजोर्नी विषेशज्ञ डाक्टर बिदुरमणी ढकाल नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले महिलाको घुँडामुनीको खट्टुाको सल्यक्रिया गरेको थियो । ती महिला आईतबार डिस्चार्ज भएकी छिन । अस्पतालले निशुल्क उपचार गरेपछि उनका छोरा कुमार खडायतले अस्पताल परिवार र चिकित्सक टोलीललाई धन्यवाद दिएका छन । कुमार पनि अपाङ्गता भएका व्यक्ति हुन ।

















