समितिमा अड्किएको गेटा विश्वविद्यालयको विधेयक संसद्मा लैजान माग 

maya metro hospital
अत्तरिया – शिक्षा, स्वास्थ्य तथा प्रविधि समिति अड्किएको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको विधेयक प्रतिनिधि सभाबाट पास गराउन माग गरिएको छ ।
attariya hospital
मंगलबार सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ सङ्घर्ष समितिले शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिका सभापति अमर थापालाई ज्ञापन पत्र बुझाउँदै सो माग गरेको हो ।
सङ्घर्ष समितिले बुझाएको ज्ञापन पत्रमा राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा थन्केर बसेको विधेयक चालु अधिवेशनबाटै पास गराउन माग गरिएको छ ।
ज्ञापन पत्र सङ्घर्ष समितिका संयोजक लोकराज पाण्डे (आगो), सह–संयोजक आनन्दप्रसाद भट्ट, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लक्षिराम आचार्य लगायतको टोलीले सभापति थापालाई बुझाएका थिए ।
EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.