काठमाडौँ- कैलाली र कञ्चनपुरका ३ निर्माण कम्पनी कालोसूचीमा परेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २१ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो ।
कालोसूचीमा परेका कम्पनीहरुले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।
सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाको सिफारिसमा गणपति निर्माण सेवालाई १ वर्षका लागि कालोसूचीमा राखिएको छ ।
त्यस्तै, सुदूरपश्चिम प्रदेश सरकारको सिफारिसमा रक्षा कन्स्ट्रक्सन र पुनर्वास नगरपालिकाको सिफारिसमा विजय कन्स्ट्रक्सन प्रालिलाई पनि एक वर्षका लागि कालोसूचीमा राखिएको छ ।