रेविज विरुद्धको खोप शिविरमा १४८ जनावरलाई खोप
अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– ३ मा शनिबार सञ्चालन गरिएको रेविज विरुद्धको खोप शिविरमा १४८ जनावरलाई खोप लगाईएको छ ।
गोदावरी नगरपालिका पशु सेवा शाखाको आयोजनामा सञ्चालित उक्त शिविरबाट सो क्षेत्रका १४८ कुकुर विरालालाई खोप लगाईएको हो ।
नगरपालिकाका पशु शाखाका कर्मचारी टेक शाहुले १८औ विश्व रेविज दिवसका अवसरमा शिविरको आयोजना गरिएको बताए । उनले उक्त शिविरबाट १३१ व्यक्तिका १४८ कुकुर विरालाहरुलाई रेविज विरुद्धको खोप लगाईएको बताए ।
यसपश्चात नगरका सम्पुर्ण गाउँटोलहरुमा गएर जनावरहरुलाई खोप लगाईने बताईएको छ । शाहुका अनुसार नगरपालिकाले प्रत्येक दिन नगरपालिकाको खोप केन्द्रमार्फत रेविज विरुद्धको खोप लगाउदै आएको छ ।