अत्तरिया– कैलालीको गोदावरी नगरपालिकामा रेविज दिवस मनाईएको छ । नगरपालिकाको पशु सेवा शाखाले शनिबार १८औ विश्व रेविज दिवस मनाएको हो ।
दिवसको अवसरमा शाखाले -यालीका साथै रेविज विरुद्धको खोप शिविर आयोजना गरेको छ । नगरपालिकाको पशु खोप केन्द्रबाट सुरु भएको -याली अत्तरिया बजारमा पुगेर समापन भएको थियो । -यालीमा पशु सेवा शाखाका कर्मचारी, पशु चिकित्सक, ओजेटी मार्फत आएका प्रशिक्षार्थी एवम् सो सँग सम्बन्धीत व्यक्तिहरुको सहभागिता रहेको थियो ।
-याली पश्चात शाखाले नगरपालिकाकै वडा नं. ३ को प्रांगणमा रेविज विरुद्धको खोप शिविर आयोजना गरेको हो । शिविर अहिले सञ्चालन भैरहेको छ ।
कार्यक्रममा बोल्दै नगरपालिकाका पशु सेवा शाखा प्रमुख राम सार्कीले रेविज प्राणघातक रोग भएकाले यसबाट नगरबासीलाई सचेत गराउन प्रत्येक वर्ष खोप शिविर आयोजना गर्ने गरिएको बताए । उनले रेविजबाट बच्ने एकमात्र उपाय नै खोप भएको बताए । उनले रोगले छोईसकेको अवस्थामा भने कुनै पनि व्यक्ति हालसम्म जिवित रहेको अवस्था नभएको बताए । ‘रेविज प्राणघातक रोग हो, यो रोग लागिसकेपछि अहिलेसम्म संसारमा एक जना पनि बाचेको उदाहरण छैन, यो रोगले छोईसकेपछि अन्तिम विकल्प भनेको मृत्यु हो’ उनले भने ‘त्यसैले हामीले हाम्रा घरपालुवा जनावरहरुलाई खोप लगाउनुबाहेकको विकल्प छैन ।’
नगरपालिकाका पशु शाखाका कर्मचारी टेक शाहुले सन २०३० सम्ममा रेविज शुन्यमा झार्ने सरकारको प्रतिबद्धता अनुसार काम गरिरहेको बताए । उनले सोही अन्र्तगत रहेर शिविर सञ्चालन गरिएको बताए । उनले दिवसलाई सप्ताहव्यापी रुपमा मनाईएको भएपनि शनिबार दिवसको रुपमा शिविर आयोजना गरिएको बताए ।
रेविज प्राणघातक रोग भएकाले यसबाट बच्न जरुरी रहेको उनको भनाई छ । ‘रेविज एक प्राणघातक रोग हो, यसको कुनै उपचार छैन’ उनले भने ‘यसको रोकथाम गर्ने एउटै विकल्प भनेको पुर्ण खोप हो, त्यसका लागि नगरपालिकाले नै पहिलो प्राथमिकता दिएर प्रत्येक गाउँटोलमा गएर खोप लगाउने अभियान सञ्चालन छ ।’ उनले नगरपालिकाको उपचार केन्द्रमा भने वर्षभरी नै रेविज विरुद्धको खोप लाग्ने गरेको बताए । शाहुले कुकुर विरालाहरुलाई नियमित रुपमा रेविज विरुद्धको खोप लगाउन आग्रह गरे ।
नगरपालिकाकी पशु चिकित्सक डा. पार्वती कडायतले खोप लगाऔ, रेविज उन्मुलन गरौँ भन्ने मुल नाराका साथ दिवस मनाईएको बताईन । उनले सन २०३० सम्म रेविज उन्मुलन गर्ने उद्देश्य लाई सार्थक बनाउन स्कुल स्कुलमा जनचेतना देखी लिएर खोप कार्यक्रमहरु गर्दै आईरहेको बताईन । उनले रेविजबाट बच्न समयमै खोप लगाउन आवश्यक रहेको बताईन ।